Connect with us
Advertisement

प्रेस युनियन सुनसरीले गर्याे सुनसरीका २ सय ६० जना पत्रकारको कोरोना बीमा

Published

on

इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले कोरोना बीमा गरिएको उनले बताए । उनका अनुसार फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याइएको हो ।

अधिकारीका अनुसार १ सय ५० जना सञ्चारकर्मीको आइएमी जनरल इन्स्युरेन्सले र बाँकी १ सय १० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको हो । कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बताए ।

कोरोना बीमा व्यवस्थापन समितिका सदस्यहरु निशान चौधरी र उषाकिरण घिमिरेलगायतले शुक्रबार आइएमई जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको पोलिसीबारे समन्वय गरेका थिए ।

शुक्रबार नै १ सय १० जनाको बीमा शुल्कको चेक पनि हस्तान्तरण गरिएको थियो । शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि पनि आह्वान गरे । अन्य जिल्लामा थोरै पत्रकारहरुको मात्र बीमा गरिएको र सुनसरीमा भने धेरै पत्रकारहरुको बीमा गर्नु उदाहरणीय रहेको भन्दै उनले प्रशंसा गरे ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मदनकृष्ण श्रेष्ठ आफू विवादमा आएको बोलीप्रति भन्नुहुन्छ—

Published

on

मदनकृष्ण श्रेष्ठ आफू विवादमा आएको बोलीप्रति भन्नुहुन्छ— ” म भावुक मान्छे हु । आमा नभएको मान्छे भएर होला, श्रीमती गुमाएको देखि झनै भावुक छु । म सबै तीन करोड नेपालीलाई आफ्नो ठान्छु । म सबैको हित चाहने, कसैलाई नराम्रो नहोस् भने सोच्छौं । तर पनि सधैँ राम्रो नहुन सक्छ, हुँदैन पनि । मैले बोल्दा पूरा बोलिन, पछि पत्रकार भाई गएपछि पूरा गर्न पनि पाइन् । यसैले मैले जति बोले त्यो प्रति पश्चताप छ

Continue Reading

Banner

कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि

Published

on

सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो ।

पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।
तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा ग¥यो।
कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १÷१ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए । २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए ।

मिचल स्टार्क र हर्षित राणाले २÷२ विकेट लिए । यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १÷१ विकेट लिए ।

Continue Reading

Banner

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई ४ थान बिधुतिय टेम्पो हस्तान्तरण

Published

on

प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण

 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटि बजाज सोरुम इटहरी सुनसरीका संचालक प्रदिप कुमार सन्थालियाले ४ थान बिद्युतिय टेम्पो प्रदान गर्नु भएको छ । १३ गते दिउँसो नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई सन्थालियाले ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी कार्यालयलाई प्राप्त भएको उक्त बिद्युतिय टेम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई १ थान, समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई १/१ थान हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खापुङले प्रहरीलाई बिद्युतिय टेम्पो प्रदान गरी सहयोग गर्नु हुने सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै उक्त बिद्युतिय टेम्पो प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका साथै समाजमा सचेतनामुलक कार्यक्रम संचालन गर्न नियमितरुपमा प्रयोग गरीने बताउनु भयो ।

कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न अहोरात्र खटिदा सुरक्षाकर्मीलाई सहजता मिलोस भनेर उक्त बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताउनु भयो ।

उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको साथै संचारकर्मीहरुको समेतको उपस्थिति रहेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक